भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा भनेजस्तो नेपालले पनि भारतको जग्गा मिचेको आफूले अहिलेसम्म नसुनेको बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका उपाध्यायले कुनै तथ्यका आधारमा यो विषय आएकोजस्तो आफूलाई नलागेको तर प्रधानमन्त्री कुन परिवेशलाई जोडेर भनेको विषय प्रष्ट नभएको बताए ।
उपाध्यायले भने, ‘हामीले गरेको अध्ययनमा अहिलेसम्म नेपालले भारतको जग्गा मिचेको कतै भेटाएका छैनौ, सुनेका पनि छैनौ, भारतले पनि त्यो कुरा कतै भनेको रेकर्डमा भेटिएको छैन, प्रधानमन्त्रीले सदनमै यो विषय किन र कसरी भन्नुभयो भन्ने विषय त उहाँबाटै जवाफ आउला तर यस्तो गम्भीर विषय सदनमा भन्दा तथ्य पनि भनिनुपर्दछ, सबैलाई प्रष्ट पारिनुपर्दछ ।’ उपाध्यायले सीमा क्षेत्रका धेरै नागरिकको दुवै देशमा जग्गा भएको, दुवै देशको उत्तिकै प्राथमिकतामा राख्ने भेटिएको र खेती गर्दा दशगजा यता र उता भएको हुनसक्ने भए पनि तथ्यांकमै नेपालबाट सीमा नै मिचिएको विषय अहिलेसम्म आफूले नसुनेको जनाए । ‘नेपाल तर्फबाट भारतको कहीँ कतै जग्गा मिचिएकोजस्तो मलाई लाग्दैन, प्रधानमन्त्रीले भनेजस्तो होइन, यो विषय प्रधानमन्त्री र उहाँको पार्टीबाट आउला’ उनले भने ।
- थप समाचारका लागि नेपाल प्रेस ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए