कांग्रेसले भन्यो– नेपालले कहाँ भूमि मिचेको प्रस्ट पारियोस्, होइन भने रेकर्डबाटै हटाइयोस्

राजनीति

कांग्रेसले भन्यो– नेपालले कहाँ भूमि मिचेको प्रस्ट पारियोस्, होइन भने रेकर्डबाटै हटाइयोस्

basana-thapa

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल-भारत सीमाबारे सांसदले आज प्रतिनिधि सभामा उठाएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले दिएको जबाफको एक विषयमा प्रश्न उठाएको छ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। भारत र चीनले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवर यात्रा सुरू गरेको विषयमा उनको प्रश्न केन्द्रित थियो।

उक्त प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री शाहले टेबल टक गर्नुपर्ने बताए।

‘यो विषय कुटनीतिक रूपमा टेलब टक… तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले आज संसदमै भने, ‘यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ।’

प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रश्न उठाएकी छन्।

‘प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो, यो विषयमा हामीलाई छिटोभन्दा छिटो जानकारी गराउनुपर्‍यो, प्रधानमन्त्रीले तथ्यबिना दुई देश सीमाबारे बोलेको कुरा सत्य हो भने राखिन पर्‍यो, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन्।

यस विषयमा नेपाली कम्युनिस्ट पार्टीले पनि प्रश्न उठाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds