गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
डडेल्धुराबाट शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी जवानसहित दुई जना मृत अवस्थामा भेटिएका छन् ।
बेपत्ता सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमा र उनका मामा तीर्थबहादुर थापामगरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठेमा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
डीएसपी सिंहले दिएको जानकारी अनुसार डडेल्धुरातर्फ फेला परेका थापामगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ भने भारतीय भूमीमा मृत भेटिएका कारण सशस्त्र प्रहरी जवान पुनमगरको शव भारतीय प्रहरीले घटनास्थल मुचुल्का उठाउने कार्य सकेर उतैतिर लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनोद थापाले जानकारी दिए ।
अब भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई शव जिम्मा लगाउनेछन्। घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।















सम्बन्धित खबर
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
सीमा अतिक्रमणको घाउ बल्झाउने प्रधानमन्त्रीको आत्मघाती अभिव्यक्ति, पोखराबाट पनि खबरदारी
भारतको जग्गा नेपालले नै मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेले जनायो आपत्ति
प्रधानमन्त्री बालेनले संसदबाटै ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि विवादमा
कांग्रेसले भन्यो– नेपालले कहाँ भूमि मिचेको प्रस्ट पारियोस्, होइन भने रेकर्डबाटै हटाइयोस्
नेपालले भारतकाे सीमा मिचेकाे कुरा कतै रेकर्डमा छैन: पूर्वराजदूत उपाध्याय
यो पनि पढौँ
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट