काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न प्रधानमन्त्री बालेन शाहलाई चेतावनी दिएका छन् ।
गत जेठ १७ गते संघीय संसद्को प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति देशद्रोही र राष्ट्रघाती भएको ओलीले बताए ।
बुधबारदेखि काठमाडौंमा शुरू भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी नबोल्न चेतावनी दिएका हुन्।
‘नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा ?’, उनले भने, ‘बालेनले देशद्रोही अभिव्यक्ति दिए । यो भन्दा देशको हितविपरीतको कुरा के हुन्छ ? म चेतावनी दिन चाहन्छु, प्रधानमन्त्री जस्तो मान्छे जथाभावी बोल्दै, केटाकेटी जस्तो व्यवहार गर्दै नहिँडून ।’
ओलीले बालेन संसद्नको नियमवालीसमेत पालना नगरी अचानक आएर बोल्छु भन्दै राष्ट्रघाती कुरा गरेको पनि बताए । उनले बालेनको त्यो हर्कत कुनै हालतमा मान्य नहुने पनि उनले बताए ।
अध्यक्ष ओलीले अरु देशलाई आफ्नो सीमा विवादमा जोड्न जरुरी नभएको पनि स्पष्ट पारे । बालेनले भारतसँगको सीमा विवादमा बेलायत सरकारलाई तेस्रो पक्षका रुपमा खबर गरिएको बताएपछि ओलीले त्यसको कडा विरोध गरेका हुन् ।
बालेनले देशहितविपरीत बोलेको कुरालाई समर्थन गर्नेहरूलाई पनि मासुभातको संज्ञा दिए ।
‘हामीलाई केही समय अघिसम्म मासुभात भन्दै सार्वजनिक रुपमा बेइज्जती र अपमान गरिन्थ्यो’, उनले भने, ‘तर अहिले बालेनले राष्ट्रघाती कुरा गर्दा पनि त्यसलाई भासुभातभन्दा चर्को शैलीमा समर्थन गरिँदैछ । यो त मासुभात पनि माथ खुवाउने शैली भयो ।’
सम्बन्धित खबर
सम्पत्ति छानबिन आयोगले वालेन्द्र शाहको मन्त्रिपरिषदलाई नछुने
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की !
चुच्चे नक्शा संविधानमै लिपिवद्ध गरेका ओलीले प्रष्ट शब्दमा भने: नेपालले कसैको भूमि मिचेको छैन
ओलीको डेढ घण्टा भाषण: नेतृत्व नछोड्ने सन्देश, भदौ २३ र २४ को घटना नियोजित
एक महिना पहिले छुट्टी लिएका सशस्त्र प्रहरीका असई सामुदायिक वनमा युवतीसँग मृत फेला
मोदीले रविसँग भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ
यो पनि पढौँ
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने