काठमाडौं । नेकपा एमालेले संसद् छलेर करका दर हेरफेर गरेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पद्मा अर्यालले आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘करका दर रेटहरू फेरबदल गरियो । चाइनाको बीवाईडी गाडीको घोटाला भएको कुरा सडकभरी छताछुल्ल भएको छ । भन्सारलाई सेटिङ मिलाएर, कागज मिलाएर, गाडी नआउँदै रातारात घोटालाको खेल भएको छ । यो गम्भीर विषय हो । बीवाईडी गाडीको प्रकरणमा शङ्का मात्रै होइन, स्पष्ट सङ्केत देखिएको छ। त्यहाँ घोटाला भएको छ हामी ठोकेर भन्न सक्छौँ ।’
संसद्मा एउटा अङ्क राख्ने, मन्त्रालय फर्केर अर्को अङ्क राख्नुको उद्देश्यले के हो ? भन्दै उनले प्रश्न गरिन्।
अर्यालले थपिन्, ‘यो कसको फाइदाका निम्ति यस्ता खालका अङ्क फेर्ने काम गरिन्छ ? यसको जवाफ कसले दिने ? कृषिमन्त्रीले दिने कि, स्वास्थ्यमन्त्रीले दिने कि, पूर्वाधार विकास मन्त्रीले दिने कि, अनि स्वयं अर्थमन्त्रीले दिने ? आज रातारात करछली गरेर राज्यलाई ठग्ने ? आर्थिक रूपमा अपराध हो ।’
अर्यालले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने बताइन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने बताइन्। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो, निःसर्त फिर्ता हुनुपर्ने बताए।
उनले भनिन्, ‘आज पनि राष्ट्रियता सम्बन्धी बहस चलिरहेको छ, यो कुनै एउटा प्रतिपक्षको विषय मात्रै होइन, यो ३ करोड नेपाली जनताको विषय हो, हामी सबैको साझा विषय हो। त्यसैले यो सम्मानित सभाबाट भूल सुधार गरौँ, हामी सबै एकताबद्ध बनौँ, राष्ट्रियताको मामिलामा पक्ष–विपक्ष हामी नहोऔँ। हामी एकताबद्ध भएर भूल सुधार गर्दै हाम्रा तर्फबाट सभामुख महोदयले त्यसको नेतृत्व गर्नुस्, एउटा राष्ट्रिय सङ्कल्पको प्रस्ताव पारित गरौँ। यो संसद्मा उपस्थित गराएर क्षमायाचनासहित त्यो रेकर्ड हटाउने काम गरौँ।’
सम्बन्धित खबर
डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक, आज हस्ताक्षर हुने दाबी
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, सुरुमा अत्यावश्यक सवारीसाधनलाई प्रवेश
कांग्रेस र एमालेबीचको गठबन्धन नतोड्न प्रचण्डको सुझाव
सीमाको अनुगमनमा आफैं जाँदा स्टन्ट भन्छन्, अब स्पेशल टास्क फोर्सले गर्छ : गृहमन्त्री गुरुङ
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्: स्वर्णिम वाग्ले
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक