काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा दिएको अभिव्यक्ति क्रसबोर्डर अकुपेसन अर्थात ‘सीमा वारपारको जग्गा भोगाधिकार’ र दशगजा क्षेत्र अतिक्रमितबारे सम्बन्धित भएको स्पष्ट पारेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भनाइको स्पष्टीकरण दिएका हुन् । यसबारे परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको पनि उनले बताए । जेठ १७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै परराष्ट्रमन्त्री खनालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्युले दिएको अभिव्यक्ति केही स्थानमा क्रसबोर्डर अकुपेसन र दशगजा क्षेत्र अतिक्रमणबारे सम्बन्धित छ ।’
त्यस्तै प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद हलका लागि तेस्रो पक्षको मध्यस्थता नखोजेको पनि प्रस्ट पारे । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको जेठ १७ को बैठकमा भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
प्रधानमन्त्री शाहले विवादास्पद अभिव्यक्ति दिएकै दिन परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले संसद्मा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको दाबी गरेका थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा