गएको जेठ महिनामा मात्रै ६१ हजारभन्दा बढी नेपाली नागरिक रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनामा सय देशमा ६१ हजार ७२ नेपाली रोजगारीको खोजीमा गएका हुन् ।
वैदेशिक राेजगारीमा जानेमा ७ हजार ३७४ जना महिला रहेका छन् भने पुरुषको संख्या ५३ हजार ६९८ रहेको छ । यसरी जानेमा बिदामा आएर फर्किनेको संख्या २९ हजार ४६२ रहेको छ ।
नयाँ श्रम स्वीकृति लिएर जानेहरू भने ३१ हजार ७०१ रहेका छन् । यस्तै, पछिल्लो समय सीपयुक्त जनशक्ति विदेशीने क्रम पनि बढेको छ । विभागका अनुसार जेठमा मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने सीपयुक्त व्यक्तिहरूको संख्या ३७ हजार ३९१ रहेको छ ।
अर्ध दक्ष ८ हजार ३२८ जना रहेका छन् भने उच्च सीप भएका ६३ जना रहेका छन् । यसका साथै व्यावसायिक २९६ जनाले श्रम स्वीकृति लिएका छन् भने अदक्ष श्रमिकहरूको संख्या १४ हजार ९९४ रहेको छ ।
मलेसिया जाने धेरै जेठ महिनामा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । बिदामा आएर फर्किएका र पहिलो पटक जानेगरी जेठ महिनामा मात्रै १४ हजार १९२ जना नेपाली मलेसिया गएको विभागले जनाएको छ ।
मलेसियापछि खाडीको देश यूएई जानेहरूको संख्या धेरै रहेको छ । यूएई जानका लागि १२ हजार ४५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि १० हजार २१० जना कतार गएका छन् भने ७ हजार ५१९ जना साउदी अरेबीया गएका छन् ।
खाडी र मलेसियापछि युरेपेली देश रोमानिया जाने नेपालीहरूको संख्या धेरै रहेको छ । जेठ महिनामा मात्रै रोमानिया जानका लागि २ हजार ५१५ जनाले श्रम स्वीकृति लिएका छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए