काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले देशको माटो बचाउने कुरामा सत्ता र प्रतिपक्ष भन्ने नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिका बारेमा संसदमा आएर जवाफ दिनै पर्ने बताएका छन् ।
उनले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका राजनीतिक घटना क्रम र राजनीतिक आन्दोलनहरुलाई कसरी हेरेको छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०५२ सालको जनयुद्ध, २०६२–६३ को जनआन्दोलन र भर्खरै भएको जेनजी आन्दोलनलाई अहिलेको सरकारले कसरी हेरेको छ भन्दै प्रश्न गरेका हुन् ।
उनले जेनजी आन्दोलनका सन्दर्भमा मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयनका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझ्दा विगतका आन्दोलनका विषयहरु पनि हेरिने जवाफ पाएको बताए । उनले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको सन्दर्भ जोड्दै केहि जान्ने र बुझ्ने र आन्दोलनमा सहभागी हुनेहरु सांसद हुने, मन्त्री भएर देश चलाउनु पर्ने र त्यहि आन्दोलनमा सहभागी हुने सोझासाझा नागरिकहरु आज कारागार बस्नु पर्ने यो कस्तो दुःखलाग्दो कुरा भन्दै सरकारलाई ध्यानाकर्ष गराएका छन् ।
विभिन्न जिल्लामा गरेर ९७३ जनालाई पक्राउ गरिएको बताउँदै सांसद राईले त्यसमध्ये केहि धरौटी, केहि सामान्य तारखेमा छुटेको बताए । उनले कानुन कार्यान्वयनको विषयमा विभेद भएको भन्दै सरकारको ध्यानाकर्ष गराएका छन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण