राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को (नियमित/आंशिक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
यस वर्ष २०८३ मा कक्षा १२ को परीक्षामा पाँच वर्षयताकै बढी ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष २०८२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसको तुलनामा यस वर्ष ३ प्रतिशत बढी विद्यार्थी पास भएका हुन्।
त्यसो त यसापालिको नतिजा २०७८ यताकै उच्च हो। २०७८ सालको परीक्षामा ४६.४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
२०८० को परीक्षामा नतिजा केही घटेको थियो। सो वर्ष ५०.९१ प्रतिशत उत्तीर्ण भएका थिए। २०८१ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
यसपालि सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० छ। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० छन्।
जम्मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्णमा नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत छन्।
परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np तथा नेपाल टेलिकमको website: https://neb.ntc.net.np बाट हेर्न सकिनेछ।
सम्बन्धित खबर
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा