मन्त्रीहरूका लागि ५ सल्लाहकारसहित १४ जनासम्म सचिवालयमा नियुक्त गर्दै सरकार

राजनीति

मन्त्रीहरूका लागि ५ सल्लाहकारसहित १४ जनासम्म सचिवालयमा नियुक्त गर्दै सरकार

अघिल्ला सरकार भन्दा बढी स्वकीय, शुशिला कार्कीले गरेको निर्णय बालेन सरकाले उल्टायो

balen balendra

एकै मन्त्रीलाई ५ सल्लाहकारसहित १४ जनासम्मको सचिवालय सुविधा दिने निर्णय सरकारले गरेको छ । अघिल्ला सरकार भन्दा बढी स्वकीयको सुविधा थपेको हो । शुशिला कार्कीले गरेको निर्णय बालेन सरकाले उल्टाउन पुगेको छ । यद्यपी, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्यहरु, प्रदेशका सांसदहरु, प्रदेश प्रमुख, प्रदेशका मन्त्रीहरुबारे भने निर्णय गरिसकेको छैन ।

सरकारले मन्त्रालयका कामहरू छिटोछरितो गर्ने भन्दै ५७ जना सल्लाहकारहरू नियुक्त गर्ने निर्णय गरेको बताइन्छ । नेपाल सरकारका सचिवस्तरको सेवा सुविधा पाउनेगरी सल्लाहकारहरू नियुक्त गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूलाई शुक्रबार पत्राचार गरिसकेको छ ।

मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापनसम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरी पहिलोपटक विशिष्ट श्रेणीस्तरका सल्लाहकारहरू रहने व्यवस्था सरकारले गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बताएको छ ।

शुक्रबार मन्त्रालयहरूलाई पठाइएको कार्यविधिअनुसार मन्त्रीको सचिवालयमा सल्लाहकारसहितका पदाधिकारीहरू नियुक्त हुनेछन् । जसअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ, पूर्वाधार विकास र कृषि वन तथा पर्यावरण मन्त्रालयमा पाँच–पाँच जना सचिवस्तरका सल्लाहकार नियुक्त गरिनेछ ।

अरु १४ वटा मन्त्रालयमा पनि विशिष्ट श्रेणीका सल्लाहकारहरू नियुक्त हुने व्यवस्था सो कार्यविधिले गरेको छ । जसअनुसार मन्त्रालयहरूमा एक जना वैतनिक र दुई जना अवैतनिक सल्लाहकारहरू नियुक्त हुनेछन् ।

मन्त्रीको सचिवालय पनि ठूलो बनाउन लागिएको छ । कार्यविधिअनुसार मन्त्रीको सचिवालयमा सल्लाहकारबाहेक ९ जना नियुक्त हुनेछन् । स्वकीय सचिवालयतर्फ मन्त्रीले उपसचिवस्तरका एक जना नियुक्त गर्न पाउँछन् । शाखा अधिकृतस्तरका दुई जना, नायव सुब्बास्तरका दुई जना, कार्यालय सहयोगी दुई जना र चालक दुई जना नियुक्त गर्न पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

उपप्रधानमन्त्रीको सचिवालयमा सह–सचिवस्तरका कर्मचारी एक जना थप नियुक्त गर्न पाइने व्यवस्था कार्यविधिमार्फत गरिएको छ । यद्यपि, अहिले उपप्रधानमन्त्री नियुक्त गरिएको छैन ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापनसम्बन्धी कार्यविधि छुटै रहेको छ । सोही कार्यविधिअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा सल्लाहकार, विज्ञ र सदस्यहरू नियुक्त भएर काम गरिरहेका छन् । शुशिला कार्कीले ६ जनामा झारेको सचिवालयमा बालेनले डेढ दर्जन बनाइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ