काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।
निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्याका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो । हिरासतमा राखिएको करिब आधा घण्टापछि गुरुङको नेतृत्वमा आएको एक टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको दाबी गरिएको छ ।
निवेदकहरूले उनीसँगै आएका व्यक्तिहरूले हिरासतभित्रै चरम मानसिक दबाब दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी गरेका छन् । कानुन हातमा लिएर थुनुवाहरूलाई आतंकित पारेको आरोप छ ।
प्रहरी प्रशासनको मिलेमतो वा लाचारीका कारण हिरासतभित्रै यस्तो घटना हुनु गम्भीर भएको भन्दै निवेदनमा आयोगको विशेष टोलीले सोह्रखुट्टे प्रहरी वृत्तमा रहेका पीडितहरूको बयान लिइ घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, त्यसदिनको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख नियन्त्रणमा लिनुपर्ने माग गरिएको छ ।
निवेदनमा भनिएको छ- पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै छिरेर मानसिक यातना दिने गृहमन्त्री र उनको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन निर्देशन दिइयोस् । साथै, अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने प्रहरी कर्मचारीमाथि पनि विभागीय कारबाही होस् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण