चितवन । रास्वपाको उद्घाटन समारोहमा निम्त्याइएका पाहुनाबारे सांसद खगेन्द्र सुनारको टिप्पणी गलत भएको प्रवक्ता मनिष झाले बताएका छन् ।
पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले सुनारले अमर्यादित टिप्पणी गरेको बताए ।
मिडिया ब्रिफिङका क्रममा झाले भने, ‘आफैँले बोलाएको पाहुनालाई गैर राजनीतिक टिप्पणी गर्न हुँदैन । त्यो गलत हो ।’
पाहुनालाई बोलाइसकेपछि कम्तीमा सर्टेन दायरामा सम्मान व्यक्त गर्नुपर्ने झाको भनाइ छ ।
‘राजनीतिक टिका टिप्पणी गर्ने मूल्यांकन गर्ने ठाउँहरू निश्चित हुन्छन् । हामीले बोलाएर आउनु भएपछि उहाँहरू अतिथि हो । घरमै बोलाएर टिप्पणी गर्नु गलत हो’, झाले थपे ।
छुद्र टिप्पणी गर्ने सांसद सुनारमाथि कारबाहीबारे महाधिवेशनले चयन गर्ने नयाँ समितिले निर्णय गर्ने झाले बताए ।
सांसद सुनारले पार्टीको उद्घाटन समारोहमा आएका अन्य दलका प्रतिनिधिलाई हाक्काहाक्की भ्रष्टाचारी र आतङ्ककारी भनेका थिए ।
उनको भनाइ थियो, ‘रवि दाइले हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, यिनीहरुलाई अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो ।’
रास्वपाका नेता-कार्यकर्तालाई सम्झाउन जरुरी नभएको भन्दै उनले बिरामीले आएर डाक्टरलाई सल्लाह दिन जरुरी नभएको बताएका थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा