काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे सभापतिका लागि उम्मेदवारी घोषणा गरेका भाेलाकुमार साहको नाम महाधिवेशन प्रतिनिधिबाटै हटाइएको छ।
साह बारा क्षेत्र नम्बर ३ का सभापति हुन्। रास्वपाको सभापतिका लागि सामाजिका सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेपछि आफ्नाे नाम महाधिवेशन प्रतिनिधिबाट हटाइएको उनले गुनासो गरेका छन्।
पहिले महाधिवेशन प्रतिनिधिकारुपमा निकालिएको लिष्टमा उनको नाम रहेको थियो। सोमबार साँझ सार्वजनिक भएको अन्तिम नामावलीमा नाम नभएको भन्दै साहले कानुनी उपचार खोज्ने बताएका छन्।
‘पहिले महाधिवेशन प्रतिनिधिकारुपमा मेरो नाम थियो। अन्तिम नामावली सार्वजनिक भएकोमा मेरो नाम रातो लगाइएको छ’, उनले देशसञ्चारसँग भने।
सभापतिमा उम्मेदवारी घोषणा गरेपछि आफ्नो नाम नियतवश हटाइएको उनको गुनासो रहेको छ। उनले रवि लामिछाने पार्टीमा आवश्यक रहे पनि बर्खास्तमा परेका बाराका पूर्वसभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता कायम गर्नका लागि लामिछानेसँग प्रतिष्पर्धा गर्न उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।
उनले आफ्नाे गुनासो माथिल्लो कुनै पनि नेतृत्व नसुनेको बताए। ‘किन नाम हटाइयो भन्नेबारेमा जवाफ माग्न फाेन गरिरहेको छु। तर कसैले मेरो फाेन उठाउनु भएको छैन’, उनले भने।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण