अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न सूचना टाँसेको छ।
सोमबारदेखि शुक्रबारसम्म स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो।
यस अवधिमा कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्। प्रत्येक परिवारलाई स्व: व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताका सूचना अधिकारी टोपबहादुर बानियाँले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा स्व: व्यवस्थापनका लागि पैसा हालिदिइन्छ। स्व: व्यवस्थापन गर्न ५ दिन समय दिइएको छ।
‘राहत प्राप्त गर्न खाता नम्बर सहितको निवेदन पेस गर्न भनिसकेका छौं, खाता प्राप्त हुनसाथ स्व: व्यवस्थापनका लागि २५ हजार दिन्छौं,’ उनले भने, ‘त्यसपछि आगामी दिनमा वास्तविक सुकुम्बासी प्रमाणित भएमा मासिक १५ हजार पाउँछन्।’
२०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यका नदीका किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। उक्त बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका छन्।
उनीहरूलाई सरकारको निर्णयअनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई स्व: व्यवस्थापन गर्न मासिक २५ हजार रूपैयाँ दिने भनिएको छ। सोही रकम दिएर हटाउन थालिएको हो।
‘सुरूमा कीर्तिपुर होल्डिङ सेन्टरबाट हटाउन सूचना जारी गरेका छौं,’ उनले भने,’हट्न नमानेकाहरूको हकमा सरकारले अन्त व्यवस्थापन गर्ने कि के गर्ने भनेर छलफल हुँदैछ।’
सुरूआती चरणमा विभिन्न होल्डिङ सेन्टरहमा बसेकालाई स्व: व्यवस्थापन गराउने योजना छ। त्यही अनुसारले काम भइरहेको उनले सेतोपाटीलाई जानकारी दिए।
सम्बन्धित खबर
आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !
पदावधि बाँकी रहेका पदमुक्त आइजीपी कार्की कानुनी उपचार खोज्न छलफलमा
मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
चार घण्टा बसेको ‘फुलकोर्ट’का यस्ता छन् पाँच निर्णय
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा