रवि लामिछानेको सम्बोधनसँगै रास्वपा महाधिवेशनको बन्दसत्र सुरु

राजनीति

रवि लामिछानेको सम्बोधनसँगै रास्वपा महाधिवेशनको बन्दसत्र सुरु

प्रतिनिधि घटे, ३ हजार ८४९ कायम

rsp-mahadhibesan

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ। सभापति रवि लामिछाने सभाहलमा प्रवेश गरेसँगै बन्दसत्रको कार्यवाही अघि बढाइएको हो।

बन्दसत्रको प्रारम्भिक सम्बोधन सभापति लामिछानेले गरेका छन्। महाधिवेशनको मुख्य निर्णय प्रक्रियाको रूपमा हेरिएको बन्दसत्रमा पार्टीको राजनीतिक दिशा, सांगठानिक संरचना तथा आगामी कार्ययोजनामाथि छलफल हुने जनाइएको छ।

यसअघि हिजो बिहानदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिए पनि महाधिवेशन प्रतिनिधिको संख्यासम्बन्धी निर्णयमा सहमति जुट्न नसक्दा कार्यक्रम प्रभावित भएको थियो।

आजको कार्यसूचीअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन्।

बन्दसत्रमा पार्टीको अनुशासन आयोगको प्रतिवेदन र वित्तीय प्रतिवेदनसमेत पेश गरिने जनाइएको छ।

पार्टी नेतृत्व चयनको प्रक्रियासमेत महाधिवेशनको केन्द्रमा रहेकाले बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

प्रतिनिधि घटे, ३ हजार ८४९ कायम

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका निम्ति ३,८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि ३, ८४९ प्रतिनिधि निर्धारण गरिएको जानकारी दिए।

चितवनमा जारी महाधिवेशनको बन्दसत्र रास्वपाका दिउँसो २ बजेबाट सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको बताए ।

उनका अनुसार महाधिवेशनको प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगबाट प्रतिनिधि परिचयपत्र व्यक्तिगत डिजिटल प्रिन्ट भएर आउन समय लाग्ने भन्ने जानकारी गराएकाले प्रतिनिधि दर्ताको लागि अस्थायी परिचयपत्र (कुपन)को वैकल्पिक व्यवस्था गरेर प्रतिनिधि दर्ता खुल्ला गरिएको छ।

महामन्त्री बुर्लाकोटीले बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, दिउँसो २ : ३० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्ने र छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

यसैगरी ३ बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने, ३:४५ बजे पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव गर्ने र अनुमोदन गरिने छ।

महामन्त्री बुर्लाकोटीले अपरान्ह ४ : ४५ मा उपसभापति स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्तावना, पार्टी सभापति रवि लामिछानेले दिउँसो ५: १५ राजनीतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामिछानेले ६ : ३५ बजे अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ