काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउँदै उम्मेदवार पूजा बास्तोलाले सर्वोच्च अदालत जाने घोषणा गरेकी छिन् ।
बास्तोलाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनमा आफूले ९१३ मत प्राप्त गरेको र महिलातर्फ शीर्ष दुई तथा खुलातर्फ शीर्ष पाँचभित्र पर्ने मत प्राप्त गरे पनि अन्तिम नतिजामा आफूलाई निर्वाचित नगरिएको दाबी गरेकी हुन् ।
उनले निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणाममा आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवार निर्वाचित भएको आरोप लगाउँदै विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत आफूलाई बाहिर राखिएको बताइन् ।
‘यो मेरो व्यक्तिगत पद, विजय वा पराजयको प्रश्न होइन, पद्धतिको प्रश्न हो। यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ, मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ’, विज्ञप्तिमा उल्लेख छ।
बास्तोलाले लोकतन्त्रको बल परिणाममा मात्र नभई परिणामसम्म पुग्ने प्रक्रियाको विश्वसनीयतामा रहेको उल्लेख गर्दै निष्पक्ष प्रक्रिया भए जित्नेले गर्वका साथ जित स्वीकार गर्न सक्ने र हार्नेले सम्मानपूर्वक परिणाम स्वीकार गर्न सक्ने धारणा व्यक्त गरेकी छिन् ।
यस विषयमा आफूले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गरिसकेको तर चित्तबुझ्दो जवाफ नपाएको र विषयलाई दबाउन खोजिएको अनुभव भएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको उनले बताइन् ।
बास्तोलाले आफ्नो सङ्घर्ष व्यक्तिगत स्वार्थका लागि नभई आफूलाई मत दिने ९१३ प्रतिनिधिको मतको सम्मान, सही प्रक्रिया, पारदर्शिता र संस्थागत न्यायको पक्षमा रहेको उल्लेख गर्दै ‘पदभन्दा ठूलो पद्धति हुन्छ र म पद्धतिको पक्षमा अन्तिमसम्म उभिनेछु’ भनेकी छिन्। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा