नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न शक्तिहरूले संवैधानिक रूपमा नसकेपछि असंवैधानिक तवरले तोडफोड, हिंसा, हत्या र लुटपाट जस्ता उपद्र मचाएर सरकार ढाल्ने बाटो रोजेको र त्यसलाई अहिले वैधानिकता दिने काम भएको बताएका हुन् ।
उनले भूकम्प, कोभिड–१९ महामारीका कारण ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउनुका साथै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई अगाडि बढाउने प्रयत्न गरेको तर कसैलाई त्यो कुरा सह्य नभएको तर्क गरे । उनले सबै जनताले न्याय पाउने र भयमुक्त, शान्तिपूर्ण नेपाल निर्माणको प्रणालीबाट आफूहरू पुनः अगाडि बढ्ने उल्लेख गरे ।
त्यस्तै अध्यक्ष ओलीले विश्वकप फुटबलमा नेपालभन्दा साना र भर्खरै विकासशील चरणमा प्रवेश गरेका देशहरुले उत्कृष्ट प्रदर्शन गर्दा नेपालमा भने सरकारको हस्तक्षेपका कारण एन्फा कारवाहीमा परेको तर्क गरे । उनले नेपालमा खेलकुदको बिकासका लागि खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो स्थिति हुन नहुने बताए । खेलकुद महासंघले खेल मात्र खेल्ने नभई, देशको अवस्था बुझ्ने र देशप्रति जिम्मेवार नागरिकका रूपमा खेलाडीहरू उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।
सम्बन्धित खबर
हिंसा मच्चाएर हाम्रो सरकार ढालियो, अहिले वैधानिकता दिने काम भयो: ओली
पिआर लिएका ४ कर्मचारीलाई सरकारी सेवाबाट ‘अयोग्य’ ठहरिने गरी बर्खास्त गर्ने तयारी
प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउन विद्यार्थी संगठनको माग
आज असार १५ : दही चिउरा खाने दिन
चुनावी धक्काको परिणाम: इगो त्याग्दै आज एकै मञ्चमा देखिँदै ओली र प्रचण्ड, माधव
देशभर मनसुन सक्रिय हुँदै: कोशीमा भारी वर्षा र तराईमा हुरीको सम्भावना
यो पनि पढौँ
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपा महाधिवेशन: कम भोट ल्याउनेलाई जिताउँदै आफूलाई हराएको घोषणापछि पूजा बाँस्तोला सर्वोच्च जाने