पोखराका तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त

नियुक्ति

पोखराका तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त

tirtha shrestha

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ नियुक्त भएका छन् ।

पोखराका श्रेष्ठ लामोसमयदेखि साहित्य र संस्कृतिको क्षेत्रमा क्रियाशील छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा रहेर लामो योगदान पनि दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए । पर्यटनमन्त्री पौडेल पनि पोखराकै हुन् ।

कोषको कोषाध्यक्षमा गंगासागर बानियाँ र सदस्यहरूमा केदारमान भण्डारी, रूपा शाही बाँस्तोला, राम सोभित नायक, संगिताकुमारी राम नियुक्त भएको मन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ