काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दाबी गरेका छन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै सरकार ढाल्ने तत्त्वहरूले त्यहीँभित्र रहेको बताए ।
उनले भने, ‘अहिलेको सरकार कसैले नढालेपछि ढाल्ने तत्त्वहरू त्यहाँ पुगेका हुन्छन्, ढल्छ, जान्छ । यो चटकको भरमा आएको, चटककै भरमा जान्छ । तर त्यो पर्खिएर बस्यौँ भने त्यसले देश बर्बाद पारिसकेको हुन्छ । लोकतन्त्र बर्बाद गरिसक्छ। त्यसैले परिवर्तन पर्खिने चिज होइन ।’
पार्टीभित्र र बाहिरबाट उठ्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै ओलीले आफू ५७ वर्षदेखि जेल, संघर्ष र राजनीतिक यात्रामार्फत पार्टी निर्माणमा निरन्तर लागेको उल्लेख गरे। पार्टीको नेतृत्वमा रहेकाले सफलता र असफलता दुवैको जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै उनले पार्टी सफल हुँदा सबैले श्रेय लिने तर चुनौती वा विरोध बढ्दा सबै दोष अध्यक्षमाथि मात्र थोपर्ने प्रवृत्ति उचित नभएको बताए।
अध्यक्ष ओलीले लोकतन्त्रविरोधी र देशविरोधी गतिविधि बढाउन खोजिएको आरोप लगाउँदै समाजमा फैलाइएका भ्रम र अन्योल चिर्न पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा जनतामाझ जान निर्देशन दिए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए