फुकुओका । संभवतः जापानकै सबैभन्दा पुरानो नेपाली संस्था फुकुओका नेपाल सोसाइटी (FUNESO) ले यस वर्ष पनि हरितालिका तीजको अवसरमा भव्य ‘तीज धमाका २०२६’ आयोजना गर्ने भएको छ।
परदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी १२ सेप्टेम्बर २०२६ (शनिबार) मा यो कार्यक्रम हुन लागेको हो।
सन् १९९८ मा स्थापित सोसाइटीले हरेक वर्ष तीज उत्सव मनाउँदै आएको छ। यस वर्षको कार्यक्रमलाई थप विशेष र भव्य बनाउन नेपालकी चर्चित एवं लोकप्रिय गायिका शान्ति श्री परियारको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा गायिका परियारका अत्यधिक रुचाइएका ‘रुकुमै कोट’, ‘अरेली काडैले मलाई’, ‘गलबन्दी’, ‘सोल्टी बजारमा’, ‘कुरा बुझ्न पर्छ’, ‘घर कहाँ हो बहिनीको’, ‘लाहुर जाने रेलैमा’, र ‘दर्शन गरे हल्का निहुरेर’ जस्ता चर्चित गीतहरू गुञ्जनेछन्।
फुकुओकास्थित ‘नामिकी स्क्वायर हल’ (Namiki Square Hall) मा आयोजना हुने उक्त कार्यक्रमको टिकट दर, प्रवेश शुल्क र अन्य प्राविधिक विवरणहरू छिट्टै आधिकारिक रूपमा सार्वजनिक गरिने संस्थाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक अशोक सेढाईले जानकारी दिए ।
सोही दिन अन्य कार्यक्रम तय गरिसकेका संघ–संस्थाहरूलाई पर्न सक्ने असुविधाप्रति आयोजकले क्षमायाचना समेत गरेको छ। साथै, जापानका अन्य शहरहरूमा पनि तीज कार्यक्रम गर्न इच्छुक समूहहरूसँग आवश्यक समन्वय र सहकार्यका लागि सोसाइटीका अध्यक्ष दिपक बिकले हार्दिक आह्वान गरेका छन्।
आयोजक कमिटीले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफ्नो कार्यव्यस्तताका बाबजुद परिवार र साथीभाइसहित उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक निमन्त्रणा गरेको छ।

सम्बन्धित खबर
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
बेगनास तालमा डुबेर युवकको मृत्यु