शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

दुःखान्त

शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

ganesh-nepali

काठमाडौं । हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।

वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको हो ।

राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।

वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए ।

नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए । शरीरको भित्री अंगहरूमा पनि असर पुगेको उनीहरूको भनाइ थियो ।

यसअघि अस्पतालले पत्रकार सम्मेलन गर्दै गणेशको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो। उनको शरीरको ५५ प्रतिशत भाग जलेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ