ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीर पुनले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा

ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीर पुनले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा

Mahabir-Pun-1

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरूलाई अन्तरवार्ता दिँदा रु। ५० हजार जरिवाना गर्नु पर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्न अनुसारको घोषणा गर्दछु। त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरूले मुटुमा हात राखेर सोच्नु होला।’

कडा घोषणा  भन्दै उनले थप लेखेका छन्– ‘आज देखि मैले कुनै पनि ठुला साना युटुवरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन । केहि दिन अगाडि ट्राफिक जरिवाना सम्बन्धी कुरामा मलाई केहि थाहा छैन भन्दा भन्दै पनि उनीहरुले कोट्याई कोट्याई सोधेको थिए । मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरुले नै निकालेको हो । अटेर गर्ने, अपराध गर्नेहरूलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? आफैले नै कल्पना गर्नुहोस् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ