काठमाडौं । बिहीबार आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका बुबाले शनिबार आत्महत्याको प्रयास गरेका छन्।
परिवारका अनुसार सरकार पक्षले गणेशको शव बुझ्न दबाब दिएको भन्दै शोकमा रहेका उनका बुबाले आफ्नै घाँटी न्याकेर आत्महत्याको प्रयास गरेका हुन्। घटनास्थलमा रहेका आफन्तले तत्काल सम्झाएर उनलाई त्यसो गर्नबाट रोकेका थिए।
गणेशका परिवार र सरकार पक्षबीच शुक्रबारदेखि शनिबारसम्म पटक–पटक वार्ता भए पनि सहमति जुट्न नसकेको जेनजी अभियन्ता सुप्रिया शाहीले जानकारी दिइन् ।
उनका अनुसार हाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा गणेशका बुबा, आमा र दाजुसहित परिवारका सदस्य तथा सरकार पक्षबीच छलफल भइरहेको छ।
‘गणेशको परिवारलाई सिडिओ कार्यालयभित्र वार्ताका लागि लगिएको छ। अहिले अन्य व्यक्तिलाई प्रवेश गर्न दिइएको छैन। वार्तामा सहमति हुन्छ वा हुँदैन भन्नेबारे केहीबेरमा जानकारी आउँछ,’ शाहीले भनिन् ।
गणेशको शव शुक्रबार राति शिक्षण अस्पताल (टिचिङ) मा लगेर राखिएको छ। पठाओ चलाएर जीविकोपार्जन गर्दै आएका गणेशको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका प्रहरीले ‘ह्विल लक’ लगाएपछि उनले बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान करिब ११:१९ बजे निधन भएको थियो।
सम्बन्धित खबर
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते