काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
आफ्नै घरको भान्साकोठामा शरीरमा आगो लगाएका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेका बेला उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो।
राउत व्यापार व्यवसाय धराशायी भएपछि निराश थिए ।
पारिवारिकस्रोतका अनुसार सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिब्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै आएका छन् । उक्त कम्पनीले नदी किनारामा प्रयोग हुने तार जाली(ग्याभिन) को उत्पादन र चीनबाट होम अपिलियन्स (फ्रीज, पंखाजस्ता सामान)आयातको व्यवसाय धराशायी भएपछि केही महिनादेखि उनी तनावमा देखिन्थे ।
उनी सिराहाको लाहानका स्थायीवासी हुन् । उनको बुद्धनगरस्थित बुद्ध विहार छेउमा ठूलो कम्पाउण्डभित्र एक तले घर छ । शनिबारको घटना त्यहीँ भएको हो ।
प्रहरीले छोरासँग विवाद भएपछि आत्मदाह प्रयास गरेको उल्लेख गरेको छ । पारिवारिकस्रोतले भने छोरा झगडालु स्वभावको नभएको जनाएको छ ।
व्यवसाय सञ्चालनमा समस्या भएपछि ललितपुर, भैसेपाटीमा रहेको जग्गा बेच्न खोजेका थिए । विभिन्न कारणले जग्गा बिक्री नहुँदा थप तनावमा थिए ।
व्यावसायिक क्षेत्रका अतिरिक्त उनी सामाजिक कार्यमा पनि सक्रिय छन्। राउत क्षेत्री सेवा समाजका अध्यक्ष समेत हुन्।
समाजका सचिव रोशन राउतका अनुसार शनिबार श्रीमती र छोरा घरमा नभएको मौका छोपी उनले आत्मदाहको प्रयास गरेको बताईएको छ । उनी केही समयअघि मात्र भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएका थिए।
सम्बन्धित खबर
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते