लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
साँझ ७:०० बजेसम्मको आधिकारिक तथ्याङ्क अनुसार कान्तिलोकपथ, कालीगण्डकी करिडोर र कर्णाली राजमार्ग लगायतका दर्जनभन्दा बढी महत्त्वपूर्ण सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
निरन्तरको वर्षासँगै नारायणघाट-मुग्लिङ सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काठमाडौं उपत्यका जोड्ने छोटो दुरीको कान्तिलोकपथ सडक खण्ड ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा स्थित पाण्डुर, टाकुर्चे र भालु खोलामा पहिरो खसेका कारण पूर्ण रूपमा बन्द भएको छ ।
बागमती प्रदेशकै फाखेल–कुलेखानी सडक खण्ड र हेटौंडा–काठमाडौं जोड्ने सिसनेरी खण्ड पनि पहिरोका कारण बन्द छन् ।
सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेस्थित बीपी राजमार्ग र कान्तिलोकपथको हेटौंडा–ललितपुर खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अरनिको राजमार्गको सिन्धुपाल्चोक भोटेकोशी खण्ड भने एकतर्फी सुचारु रहेको छ ।
कोशी प्रदेश अन्तर्गत पाँचथरको याङवरक गाउँपालिका स्थित मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्ग पूर्ण रूपमा बन्द छन् भने भोजपुर खण्ड एकतर्फी रूपमा सञ्चालनमा छ ।
गण्डकी प्रदेशको कास्कीस्थित पोखरा–ताङतिङ भित्री सडक खण्ड ठप्प छ भने नयाँपुल–घान्द्रुक सडक खण्ड एकतर्फी सुचारु रहेको छ ।
लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग तथा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।
यस्तै, कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली करिडोर र कालिकोटको कर्णाली राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा ठप्प भएका छन् ।
सम्बन्धित खबर
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह
चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्यो
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते