मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन्। बाढीपहिरोले पूर्णरुपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका–२ हुलाकी राजमार्ग सडकखण्डमा पर्ने ढेडुखोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुद्घ भएकोमा आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ।
प्रहरी प्रधान कार्यलयले आज जारी गरेको विज्ञप्तिअनुसार काभ्रेपलाञ्चोक÷सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारीसाधनहरू (बिपी राजमार्ग) सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ। सोमबार बिहान ललितपुरको बाग्मती गाउँपालिका ३ भट्टेडाँडास्थित पाङदुर, टाकुर्चे र भालु खोलासहित तीन ठाउँमा अविरल वर्षातको कारण कान्तिलोकपथ सडकखण्डमा पहिरो गई बाटो पूर्णरूपमा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। यही असार २३ गते इलामको इलाम नगरपाालिका ९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको, (उक्त स्थानमा वैकल्पिक बाटो रहेको) छ।
‘ताङतिङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। यही असार २७ गते कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ भित्री सडकखण्डमा बाटो मुनि लगाइएको तार जालिको ग्याबिन पर्खाल भत्किएर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘सालझन्डि ढोरपाटन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। आइतबार अर्घाखाँचीको पाणिनी–२ ढुङ्गेखोलास्थित सालझन्डि ढोरपाटन सडकखण्डमा बाटोको माथिबाट ढुङ्गा खसी बाटो पूर्णरूपमा अवरुद्ध भएको हो।’
यसैगरी कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार गुल्मीको कालीगण्डकी ४ पुर्तिघाटस्थित कालीगण्डकी करिडोर सडकखण्डमा पातुखोलाको बहाव बढी भएपछि बाटो अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिअनुसार मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार कास्कीको मादी ४ भैसेस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत भैँसेबाट इदि जाने (भित्री सडक) मा ओख्रेभिरबाट झरेको लेदो, पहिरो र मादी खोलाको पानीसमेत सडकमा आइ बाटो पूर्णरूपमा अवरुद्ध भएको हो।
प्रहरीका अनुसार रिडी वामी सडक पूर्णरुपमा अवरुद्ध भएको छ। आज बिहान गुल्मीको मुसिकोट–५ तल्लो फाँटस्थित रिडी वामी सडकखण्डको ठाँडो गिरु खोलाको बहाव बढी बाटो कटान गरी लगेको हुँदा बाटो अवरुद्ध भएको हो।
सम्बन्धित खबर
विपक्षीसँगै उठे रास्वपाका अमरेश सिंह, भने- देश ठूलो दुर्घटनातिर जाँदै छ
‘सरकारमा बस्नेले आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय अगाडि अवैधानिक पार्किङ गरायो’
‘प्रधानमन्त्री मेयर हुँदा सिंहदरबार जलाइदिन्छु भन्नुभयो जल्यो, भोलि सीमा मिचिने त होइन ?’
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
बाढीपहिराले आठ राजमार्ग अवरुद्ध
मिडिया गेटमा गाडी तेर्साएर अवरोध प्रकरणमा रविले भने- दोषी आफ्नै कार्यकर्ता परे पनि छाड्दैनौं
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ