निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च आदेश

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

Supreme_Court_sarbochcha_adalat_sarbocha1

काठमाडौं : सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय खारेज गरिदिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्व निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो।

सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि नेपाल मिडिया सोसाइटीको अख्तियार प्राप्त अधिवक्ता अनन्तराज लुइटेलले २०८२ साल चैत्र २३ गते अदालतमा मुद्दा दायर गरेका थिए।

सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी विज्ञापन तथा सूचना सञ्चारमाध्यममार्फत् प्रकाशन तथा प्रशारण गर्दा नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चारमाध्यममार्फत् मात्रै गर्ने निर्णय गरेको थियो।

सरकारले सरकारी सञ्चारमाध्यममार्फत मात्रै विज्ञापन सम्प्रेषण गर्ने निर्णयको चौतर्फी आलोचना हुँदै आएको थियो। सञ्चार क्षेत्रका सरोकारवालाले यस्तो निर्णयले प्रेस स्वतन्त्रता, समान प्रतिस्पर्धा र निजी सञ्चारमाध्यमको आर्थिक दिगोपनामाथि गम्भीर असर पर्ने बताएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ