काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाकाे विषयमा आफूहरूले महिनौँदेखि उठाउँदा पनि प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूलाई डर लागेको टिप्पणी गरे ।
हामीले अब दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भो। प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ, यो रोष्टममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको बरु ढुङ्गा बोल्छ, मान्छे बोल्दै बोल्दैन। त्यसै कारणले गर्दा मलाई कता कता डर लागेको छ।
प्रधानमन्त्रीज्यूले काठमाडौं महानगरपालिकाको मेयर हुँदै गर्दा एउटा फेसबुकमा स्ट्याटस लेख्नुभयो, कतै एउटा केही सडकमा समस्या भयो, सिंहदरबार जलाइदिन्छु भन्नुभयो। आज उहाँले सिंहदरबार जलाइदिन्छु जसरी भनेर उहाँले फेसबुकमा अभिव्यक्ति दिनुभयो, केही समय पछाडि हाम्रो त्यसको सार्वभौम संसद् भवन लगायत, सर्वोच्च अदालत, सिंहदरबार, जल्यो।
उहाँको फेसबुक अभिव्यक्तिलाई आज म सम्झेर हेर्दा डर लागेको छ, कता कता फेरि भोलि हाम्रो सिमाना कतै मिचिने होइन? हाम्रो सिमाना कतै छिमेकी मुलुकले मिच्ने होइन। यदि प्रधानमन्त्रीज्यूको त्यो नियतवश होइन, बाइ मिस्टेक केही बोल्न जाँदा बोलेको हो भनेर उहाँले मिस्टेक गर्नुभयो भने यो सदनमा आएर प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा