काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारमा रहेका व्यक्तिहरूले नै संचार माध्यम र प्रतिपक्षी दलको नेताको घर अगाडि अवैधानिक पार्किङ गराउनका लागि कार्यकर्ता खटाएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता शाहीले सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले जनताका मुद्दामा राजनीतिकरण गरेको बताएका हुन् । ‘आफैं सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्यूरोड, संचार माध्यमका कार्यालय र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,’ शाहीले भने, ‘घरको अगाडि पार्किङ गराएर जसरी राज्य आतंक सिर्जना गरिएको छ त्यो कालान्तर इतिहासमा कालो अक्षरले लेखिनेछ ।’ सोमबार कान्तिपुर, अनलाइन खबरका कार्यालय र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति गगन थापाको घर अगाडि काम अवरोध गर्ने गरी अवरोध सिर्जना गरिएको थियो ।
कसैले पनि जथाभावी पार्किङ गर्नुपर्ने कुराको पक्ष नलिएको पनि उनले स्पष्ट पारे । ‘हामीले कहिल्यै पनि सडक पार्किङ गर्नुपर्छ भनेका छैनौं । यस्ता भ्रामक अल्गोरिदम फैलाएर मान्छेका चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस्,’ उनले भने ।
सर्वसाधारणलाई ट्राफिक नियम पालना नगरेको भनेर प्रहरीले कारबाही गरेको तर सत्तामा रहेका व्यक्तिहरूलाई भने कुनै कारबाही नभएको पनि शाहीको भनाइ थियो । ‘ट्राफिक नियम उलंघन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिटबेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन ? न्याय सबैका लागि बराबर हुनुपर्छ । मान्छेको जीवनभन्दा ठूलो तिम्रो लोकप्रतियता होइन,’ उनले भने ।
त्यस्तै, विगतमा सिंहदरबारभन्दा मान्छे ठूलो भन्नेहरूले बोली फेरेको पनि शाहिले बताए । ‘हिजो सिंहदरबार भन्दा मान्छे ठूलो भन्नेहरू आज मान्छेभन्दा नियम ठूलो भन्दैछन्,’ उनले भने ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा