रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर

रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर

Fire

रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् ।

गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनापछि उनलाई तत्काल उनलाई गरुडामा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नायब उपरिक्षक बसन्त गौतमका अनुसार घाइतेको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते सहनीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको नायब उपरीक्षक गौतमले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ