चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्‍यो

निर्णय फिर्ता

चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्‍यो

tax removed

काठमाडौँ – नागरिक स्तरमा चर्काे असन्तुष्टि बढ्दै गएपछि सरकारले शिक्षा र स्वाथ्यमा लगाएको कर हटाउने भएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन साउन १ गतेदेखि शिक्षा र स्वास्थ्यमा ३/३ प्रतिशत कर उठाउन थालेको थियो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमार्फत लगाएको करप्रति सर्वसाधरणले चर्को विरोध गर्दै आएका थिए।

रास्वपाभिनै पनि करको विषयलाई लिएर व्यापक असन्तुष्टि चुलिएपछि मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहले समता कर फिर्ता गरेको घोषणा गरेका हुन्।

शाहले लेखेका छन्, ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३५ समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ