सीमाको अनुगमनमा आफैं जाँदा स्टन्ट भन्छन्, अब स्पेशल टास्क फोर्सले गर्छ : गृहमन्त्री गुरुङ

राजनीति

सीमाको अनुगमनमा आफैं जाँदा स्टन्ट भन्छन्, अब स्पेशल टास्क फोर्सले गर्छ : गृहमन्त्री गुरुङ

sudhan-gurung

गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौं । अब सादा पोशाकको युनिटले जनताको दु:ख सीमामा बुझेर मनिटरिङ गर्छौं ।’

विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिमका जनताको आँशुको राजनीति यसअघि धेरै भएको सुनाउँदै अब आफ्नो सबैभन्दा धेरै प्राथमिकतामा यी प्रदेशहरू पर्ने बताए ।

‘मलाई खड्केको विषय भनेको, म एउटा नागरिक हुँदा मधेश, कर्णाली र सुदूरपश्चिम भनेको धेरै जनताको आँशुमा राजनीति भएको ठाउँ हो । जनताले उपलब्धि भएको अनुभव गरेको छैन,’ गृहमन्त्री गुरुङले भने, ‘जेनजी आन्दोलनपछि हामी सरकारमा त थिएनौं तर विशेष प्राथमिकतामा मधेश, कर्णाली र सुदूरपश्चिममा बजेटका लागि समन्वय गरेका थियौं । अहिले पनि गृहमन्त्रीकै स्पेशल प्रायोरिटिमा छ ।’

त्यहाँका जनताले धेरै नै दुख पाएको भन्दै उनले अब आँशुको राजनीति नहोस् भन्ने चाहेको बताए ।

‘यहाँका जनताले धेरै वर्ष भयो दु:ख पाएको । कसैले पनि जनताको आँशुमा राजनीति नगरोस् भन्ने हाम्रो हो । कुनै कमजोरी भयो भने सुधार्दै लैजाऔंला,’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ