नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकारमा जान लालायित नरहेको स्पष्ट पार्दै कांग्रेस एमालेलाई मिलेर जान सुझाव दिएका छन् ।
नेकपा र एमालेबीच प्रदेशमा नयाँ समीकरण बन्न लागेको चर्चा चलिरहेका बेला आज उनको यो प्रतिक्रिया आएको हो । प्रचण्डले गठवन्धन नटुटाउन कांग्रेस र एमालेलाई आग्रहसमेत गरे ।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले प्रदेशहरूमा दुई पार्टीको रडाको मच्चिएका कारण नेकपामाथि बाध्यता आइलागेको बताएका छन्
‘अहिले हामीलाई एउटा झमेला आइलागेको छ । प्रदेश सरकारको झमेला । हामीले शुरुदेखि नै काँग्रेस र एमालेको सरकार सबै प्रदेशमा छ, तपाईहरु चलाइराख्नुस् हामीलाई चाहिएन भन्दाभन्दै यो बजेटको बेलामा काँग्रेस र एमालेको बीचमा यस्तो रडाको पर्यो कि बजेट पास गर्नै नसक्ने स्थिति आएपछि हामीमाथि बाध्यता आयो’, उनले भने, ‘हामीले पनि फेरी प्रदेश बरबादै हुन त दिनु हुँदैन भनेर ध्यान दिनुपर्ने अवस्था आइलाग्यो । म फेरी पनि भन्न चाहान्छु, हामीलाई अहिले सरकार चाहिएको छैन । नेपाली कम्युनिष्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन । राष्ट्रिय स्वाधिनता र जनताको हक अधिकारको निम्ति आन्दोलन आजको आवश्यकता हो । हामीलाई सरकार चाहिएको छैन ।
विगतमा अन्य दलसँग सहकार्य गर्दै वर्षौँ बितेको र नागरिक पनि त्यसैमा भ्रमित भएको प्रचण्डको टिप्पणी छ । त्यसकारण अहिले सरकारमा जाने कुरा आफ्नो पार्टीको प्राथमिकतामा नरहेको उनको भनाइ छ ।
‘हामीले कहिले काँग्रेससँग सहकार्य, कहिले एमालेसँग, कहिले मधेशीसँग भन्दा भन्दै हाम्रा दिनहरु त्यसैमा बिते । जनता भ्रमित पनि त्यसैमा भए । त्यसकारण अहिले हाम्रो लागि सरकार मुख्य कुरा होइन’, प्रचण्डले भने, ‘हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य कुरा हो । त्यसकारण हाम्रो ध्यान सरकारतिर छैन ।’
सरकारमा भएपछि मात्र वामपन्थी सहकार्य हुने कुरामा आफू सहमत नभएको प्रचण्डको भनाइ छ । यद्यपि संविधान र राजनीति नै अप्ठेरोमा पर्दा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा