धनगढी। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारको नियुक्ति बदरसहित विभिन्न सातबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। आइतबार दिनभर दुई पक्षबीच गहन छलफल भए पनि अन्तिम सहमति पत्रमा हस्ताक्षर हुन भने बाँकी छ।
डा. केसीका तर्फबाट वार्तामा सहभागी डा. अमृत जैसीका अनुसार वार्ता निष्कर्ष नजिक पुगेको र सोमबार थप गृहकार्य गरी सहमति पत्रमा हस्ताक्षर हुने सम्भावना रहेको छ। “सहमति पत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ,” डा. जैसीले भने, “गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई द्रुत गतिमा अघि बढाउने डा. केसीको चाहना हो, यो सहमतिले त्यसलाई साकार पार्न मद्दत पुर्याउनेछ।”
स्रोतका अनुसार गेटास्थित विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई बर्खास्त गर्ने विषयमा दुवै पक्षबीच कुरा मिल्न बाँकी छ। डा. केसीले रजिस्ट्रार चन्दको बर्खास्तीलाई अनिवार्य सर्त बनाएका छन् भने सरकारी वार्ता टोलीले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग परामर्श गरिरहेको छ। उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीको हकमा भने डा. केसी केही लचक देखिएका छन्।
डा. केसीले गत बिहीबार धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालाबाट आफ्नो सत्याग्रह सुरु गरेका थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। आइतबार सेती प्रादेशिक अस्पतालमै सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता भएको हो।
डा. केसीका मुख्य मागहरूमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको राजनीतिक नियुक्ति रद्द गरी खुला प्रतिस्पर्धाका आधारमा नयाँ नियुक्ति गरिनुपर्ने रहेको छ। यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा मापदण्ड र पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने, र चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान कार्यान्वयन हुनुपर्ने उनको माग छ।
यसैगरी, विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू पालना गरिनुपर्ने, सीमावर्ती एवं विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गरिनुपर्ने तथा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत डा. केसीले अघि सारेका छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा