प्रधानमन्त्री कार्यालयमा २७ र उर्जामा २० सल्लाहकार हुनुहुन्छ, मैले त १ जना अवैतिनकः अर्थमन्त्री वाग्ले

राजनीति

प्रधानमन्त्री कार्यालयमा २७ र उर्जामा २० सल्लाहकार हुनुहुन्छ, मैले त १ जना अवैतिनकः अर्थमन्त्री वाग्ले

swarnim wagle-2

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले एकजना मात्रै सल्लाहकार राखेको बताएका छन्।

अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा जस्तो आफूले धेरै सल्लाहकार नराखेको बताए।

उनले भने, ‘तपाईँहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ। तर मैले केवल एक जना अवैतनिक राजश्व सल्लाहकार मात्र राखेको छु। भनेपछि यो राजश्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला।’

प्रधानमन्त्री कार्यालयमा सल्लाहकार धेरै भएको भन्दै चर्को आलोचना भइरहेको बेलामा अर्थमन्त्री वाग्लेले सो कुरा सार्वजनिक रूपमै बोले। पछिल्लो समय प्रधानमन्त्री बालेन शाहसँग वाग्लेको सम्बन्ध चिसिएको चर्चा भइरहेको बेलामा यस्तो अभिव्यक्ति आएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ