प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो

सफलता

प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो

बिई/बिआर्क २०८३ छात्रवृत्ति परीक्षा

Sabin Nepali

पोखरा विश्वविद्यालयले सञ्चालन गरेको बिई/बिआर्क २०८३ को छात्रवृत्ति परीक्षामा प्रतिभाका विद्यार्थी देशभरमै उत्कृष्ट तीनमा परेका छन् ।

पालिखेचोक स्थित प्रतिभा माविका विद्यार्थी सबिन नेपालीले देशभरमै तेस्रो तथा गण्डकीमा पहिलो बन्दै उक्त छात्रृवृत्ति प्राप्त गरेका हुन् ।

नेपालीले १३३ अंक प्राप्त गरे । १४१ अंक ल्याएका न्यू क्यापिटल कलेज चितवनका विराज भुसाल देशमै प्रथम भए भने ग्यालेक्सी स्कूल, धनगढीका आकाश ढुंगाना १३४ अंकका साथ दोस्रो भए ।

प्रतिभा माविका अन्य ४९ जना विद्यार्थीले पनि उक्त प्रवेश परीक्षामा सफलता प्राप्त गरेको विद्यालयका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।

प्राचार्य सापकोटाले भने – ‘हाम्रा विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेकोमा हामी अत्यन्त हर्षित छौँ। यस उपलब्धिले विद्यालयको प्रतिष्ठा अझ उँचो बनाएको छ। विद्यार्थीको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगका कारण यो सफलता सम्भव भएको हो। हामी सफल विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ