काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र तराई–मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कडा आलोचना गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कर्णले सरकारको गैर–जिम्मेवारीपनका कारण देश ठुलो दुर्घटनातर्फ धकेलिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
सांसद कर्णले आफ्नो गृह जिल्ला सिरहाको अवस्था भयावह रहेको बताए । ‘घर सम्झिन्छु, चारैतिर रगत बगिरहेको छ। काकालाई फोन गर्दा घरबाट निस्कने अवस्था छैन भन्नुहुन्छ, गोली चलिरहेको छ,’ उनले भने, ‘भर्खरै गणेश भाइको मृत्यु भएको खबर आएको छ, दर्जनौँ घाइते छन्। यस्तो पीडामा प्राविधिक विषयमा बोल्ने मेरो इच्छा छैन।’
कर्णले देवानगञ्जको घटनाबारे सरकारलाई एक महिना अगाडिदेखि जानकारी हुँदाहुँदै पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले चासो नदिएको आरोप लगाए । प्रधानमन्त्रीले जनतासँग संवाद गर्न नचाहेको र गृहमन्त्री साना कुरामा लोकप्रियता खोज्न अस्पताल पुग्ने तर गम्भीर समस्यामा उदासीन रहेको आरोप कर्णको थियो । कर्णले भने, ‘दमनबाट समस्याको समाधान हुँदैन, घृणा छ भने त्यहाँ संवाद र बैठकबाट समाधान खोज्नुपर्थ्यो।’
सांसद कर्णले अहिलेको सरकारले विगतमा स्थापित गरेको नजिर स्मरण गराउँदै राजीनामाको माग गरे । ‘राज्यको गोलीबाट नागरिकको मृत्यु भएमा प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने नजिर उहाँहरूले नै स्थापित गर्नुभएको हो,’ कर्णले भने, ‘त्यही नजिरका आधारमा अब प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’
सरकारले गठन गर्ने छानबिन समितिप्रति आफूहरूको विश्वास नरहेको बताउँदै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन अधिकारसम्पन्न ‘न्यायिक समिति’ गठन गर्नुपर्ने माग राखे । दमनको बाटो छोडेर सर्वदलीय बैठक र नागरिक समाजसँगको समन्वयमार्फत समस्या समाधान गर्न उहाँले सरकारलाई आग्रह गरे।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्रीकाे राजनीमा मागिएकाे थियाे ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा