मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति भएकाे छ । सरकारी पक्षबाट मागहरू अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइएपछि सेनाले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ ।
आइतबार जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल सहभागी भएको थियो । वार्तापछि हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले यसअघि शनिबार बुझाइएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा विषय समेटेर १९ बुँदे प्रस्ताव सरकारसमक्ष प्रस्तुत गरिएको जानकारी दिए ।
उनका अनुसार सरकार ती मागप्रति सकारात्मक देखिएको छ र कार्यान्वयनका लागि आवश्यक गृहकार्य गर्न उपयुक्त समयमा समिति गठन गर्ने समझदारी बनेको छ । समझदारीका मुख्य विषयहरूमा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाइएको घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीमाथि कानुनबमोजिम कारबाही गर्ने विषय समावेश छन् ।
सरकारी पक्षबाट माग सम्बोधनतर्फ पहल हुने आश्वासन प्राप्त भएपछि हिन्दु सम्राट सेनाले सबै प्रकारका आन्दोलन, विरोध र दबाबमूलक कार्यक्रमहरू स्थगित तथा फिर्ता लिएको जनाएको छ ।
यसैबीच गृहमन्त्री गुरुङले हिजो जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्राप्त १३ बुँदे मागपत्र र आज बुझाइएको थप ६ बुँदे प्रस्ताव सरकारको तर्फबाट औपचारिक रूपमा ग्रहण गरिएको बताएका छन् । उनले प्रस्तुत मागहरू सम्बन्धित निकायमार्फत अध्ययन गरी आवश्यक निर्णय प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् । वार्तापछि आन्दोलन स्थगित भएको घोषणालाई स्थानीय प्रशासनले तनाव न्यूनीकरणतर्फको सकारात्मक संकेतका रूपमा हेरेको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा