पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ ।
स्थानीयका अनुसार आइतबार दिउँसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।
उनीहरूले सुस्ता गाउँपालिका ५ थारु टोलमा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका स्थानीयले बताएका छन् । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयबासी प्रतिवादमा उत्रिएका छन् ।

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको बताए ।
स्थानीयले रोक्ने प्रयास गरेपनि हतियारसहित आएकाले रोक्न नसकिएको तर, विवाद भएको उनले जानकारी दिए ।
यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाब दिएपछि रोकिएको थियो ।
सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ ।
स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक–पटकको हस्तक्षेपका कारण त्यहाँ विवाद दोहोरिने गरेको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा