काठमाडौँ — सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेस आधिकारिकता विवादमा पुनरावलकोन अनुमति दिएको छ । अब कांग्रेस विवाद निरुपणका लागि तीन न्यायाधीशको इजलासमा फेरि सुनुवाइ हुनेछ ।
यसअघि दुई न्यायाधीशको इजालसले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो । उक्त फैसला ठिक थियो कि थिएन नन्ने विषयमा अब बहस हुनेछ । उक्त बहसले फैसला गरेबमोजिम आधिकारिकताको निर्णय हुनेछ ।
आधिकारिकता विवादमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेकाे पुनरावलाेकन निवेदनमा बिहीबार प्रधानन्यायाधीश मनाेजकुमार शर्मासहितको इजलासमा पेसी तोकिएको थियो ।न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलसमेतको इजलासले यस्तो आदेश दिएको हो ।
यसअघि सर्वोच्चको संयुक्त इजलासले यो विवाद टुंग्याएको थियो । तर यसअघिको फैसला त्रुटिपूर्ण भन्दै देउवा र खड्काका तर्फबाट सर्वोच्च अदालतमा पुन: प्रवेश भएको थियो ।
वैशाखमा न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्याएको थियो ।
सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्यसमितिले गर्ने कामकारबाहीले निरन्तर मान्यता पाएको थियो । गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह त्यसविरुद्ध सर्वोच्च पुगेको थियो ।
कांग्रेस पूर्वसभापति देउवा २६ साउनमा स्वदेश फर्कंदै
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्कने भएका छन् । स्वास्थ्य उपचारका लागि भन्दै २१ फागुनको निर्वाचनमा मतदानसमेत नगरी सिंगापुर गएका देउवा २६ साउनमा फर्किन लागेका हुन् ।
देउवा निकट कांग्रेस नेता प्रकाशशरण महतले देउवा २६ साउनको साँझ काठमाडौं आइपुग्ने बताए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा