गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर रहेको बताएका छन्। बिहीबार राष्ट्रियसमा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले देशमा सुरक्षा कायमका साथै देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा गरिरहेको बताएका हुन्।
बैठकमा राष्ट्रियसभा सदस्य विष्णु बहादुर विश्वकर्माले निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्नुको कारण के हो ? निर्मलाको परिवारले कहिलेसम्म न्याय पाउँछ भन्दै प्रश्न गरेका थिए। जवाफमा गृहमन्त्री गुरुङले हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो? भन्दै उल्टै प्रश्न गरे। एउटा आमाको घाउलाई कोट्याएको कोट्याएकै गरेर सदनमार्फत थप पीडा नदिन उनले आग्रह गरे। उनले यस विषयमा सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए।
अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाउन गृहमन्त्रीले आग्रह गरेपछि राष्ट्रियसभा सदस्य विश्वकर्माले आपत्ति जनाएका थिए। विश्वकर्माले प्रश्न गर्ने आफ्नो अधिकार भएकाले मन्त्रीले जवाफ दिनैपर्ने उल्लेख गर्दै अबको कति महिना, कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन् ? भन्दै प्रश्न गरे।
गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्मै प्रतिरोध
गृहमन्त्री गुरुङले आफूले यसको जवाफ नदिने भन्दै पन्छिएका थिए। त्यसपछि उनले अन्य सांसदहरूको जवाफ भने दिएका थिए।
प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य गरिन् ।
मनसुनजन्य विपद्मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनिन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । यति ढिलो प्रस्ताव किन ल्याएको ? भनेर भनिदिनुहोला भन्ने डर लाग्यो ।’
नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदन कुमारी शाह गरिमाले गृहमन्त्री गुरुङको शैली शोभनीय नरहेको बताइन् ।
उनले भनेकी छन्, ‘प्रश्नको उत्तर दिने क्रममा माननीय गृहमन्त्रीज्यूले जुन शैलीमा, जुन भाषामा आफूलाई यहाँ प्रकट गर्नुभयो । यसप्रति म साह्रै दुःख प्रकट गर्न चाहन्छु, असहमति जनाउन चाहन्छु ।’
शाहका अनुसार सोध्ने, प्रश्न गर्ने सांसदको अधिकार हो । त्यसप्रति जवाफदेही हुने सरकारको कर्तव्य हो ।
‘संसद्मा छलफल गर्दा फेरि भन्न सक्नुहुन्छ तिमीहरूले हिजोका दिनमा के गर्यौ ? भनेर । यस्तो प्रश्न आउन पनि सक्छ’ उनले थपिन् ।
विगतमा सरकारले गरेका कामका आधारमा अहिले सुविधा र प्रविधिको प्रयोग भइराखेकामा ख्याल गर्न आग्रह गरिन् । विगतका सरकारले जति गर्नुपर्ने थियो त्यति गर्न नसकेको हुन सक्ने भन्दै उनले फरक र नयाँ ढंगले काम गर्नका लागि निर्वाचनमार्फत रास्वपालाई बलियो बनाएर पठाएको स्मरण गराइन् ।
मन्त्रीलाई संसद्मा सत्तारुढ पार्टीका सांसदले समेत प्रश्न गर्ने गरेको ख्याल गर्न पनि उनले आग्रह गरिन् ।
‘विगतमा हाम्रो पार्टीको सरकार हुँदा पनि हामीले यसै गरी प्रश्न सोध्ने गरेका थियौं’ उनले भनिन्, ‘सरकार जसको भए पनि हामी सांसद्को हैसियतले प्रश्न सोधिरहने छौं ।’
नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल जुन मानसिकताका साथ संसद्मा आफू उपस्थित भएको हो त्यो खलबलिएको र आफू परिवर्तन हुन पुगेको बताउँछन् ।
सांसद पोर्तेल थप्छन्, ‘मन्त्री ज्यूले फेरि भनिहाल्नुहुन्छ, गत वर्ष तिमीहरूको सरकार थियो, त्यो बेला पनि यस्तै विपद् भएको थियो । अघिल्लो वर्ष पनि यस्तो भएको थियो ।’
सम्बन्धित खबर
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकार असफल भएको कांग्रेसको दाबी, भन्यो – ‘जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ’
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो