रोल्पाको थबाङ गाउँपालिका-५ उवा कोटलबारामा बुधबार साँझ पौने ८ बजेतिर गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। तीन जना अझै बेपत्ता छन्।
बिहीबार बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मृत्यु हुनेको संख्या १० पुगेको हो। घटनास्थलमा ५ र प्युठानको खोलामा ५ जनाको शव फेला पारिएको छ। मृत्यु हुने ८ जनाको सनाखत भइसकेको छ।
मृत्यु हुनेहरूमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुनमगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर छन्। प्रहरीका अनुसार उनीहरुलाई घटनास्थलमै फेला पारिएको थियो। घटनास्थलमै पुगेका डाक्टरबाट पोस्टमार्टम गरेर पाँच शव आफन्तलाई जिम्मा लगाइएको प्रजिअ क्षेत्रीले जनाए।
त्यसैगरी प्युठानको भिंग्री र चकचके माडी नदीको बगरमा थप ५ जनाको शव फेला परिएको थियो। तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान खुलेको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको। पहिरो स्थलबाट आएको खोला लुंग्री हुँदै प्युठान माडी मिसिएको छ। शव करिब ७० किलोमिटर टाढा बगाएर लगेको छ।
पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्रादेशिक अस्पताल बुटवल लगिएको छ। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको थियो। सुलिचौर-उवा सडक खण्डमा ठाउँ ठाउँमा पहिरोले बाटो अवरुद्ध भएकाले बोकेरै उपचारमा पठाइएको थियो।
सुरुमा माथि पहाडी खोल्सामा आएको पहिरो थुनिएर लेदो र पानीसहितको पहिरो आएको अनुमान गरिएको छ। पहिरोले ९ घर, १ घुम्ती पसल, २ वटा गोठ र १ चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पंचकुमार बाखुले बताए।
घटनास्थलमा प्रजिअ क्षेत्रीसहित नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी घटनास्थल पुगेका थिए। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीसहित स्वास्थ्यकर्मीको टोली पनि घटनास्थल पुगेको थियो। लुम्बिनी प्रदेश सांसद यामुना रोका पनि घटनास्थल पुगिन।
घटनास्थल पुगेको संयुक्त सुरक्षा टोली र स्थानीय उद्धारमा दिनभर खटिए। पहिरो ठूलो आएको र बस्ती नै पुरिएकाले खोजी तथा उद्धार कठिन बनेकाले ३ जना अझै फेला पार्न सकिएको छैन। घटनास्थल पुगेको उद्धार टोलीले शुक्रबार पनि खोजी गर्ने जनाइएको छ। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँमा भएको यति धेरै मानवीय क्षतिले उवाबासी मात्र होइन सिंगो रोल्पा शोकमा डुबेको छ।
सम्बन्धित खबर
बालेन नेतृत्वको रास्वपा सरकार लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ: कांग्रेस
प्रदेशमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित