नेपाली कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचार गराएर ५ महिनापछि आज स्वदेश फर्किएलगत्तै चुनदेवीस्थित संस्थापनइतर पक्षले खोलेको सम्पर्क कार्यालय पुगेका छन्।
उनले सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गरेका छन्।
त्यस क्रममा पूर्वप्रधानमन्त्री देउवाले पछिल्लो पटक जेनजी आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफू र परिवारमाथि गरेको अनुसन्धानतर्फ संकेत गर्दै पक्राउ पुर्जी लिएर पक्राउ गर्न खोजेकोसमेत उल्लेख गरेका थिए।
भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने उनको बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो।
आगजनीका क्रममा जलेका टुक्रा नोट फेला परेको सामाजिक सञ्जालमा भिडिओ आएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुचुल्कासमेत उठाएको थियो।
साथै देउवालाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि सर्वोच्च अदालतले उक्त पक्राउ पुर्जीका आधारमा देउवालाई पक्राउ नगर्न भनेको थियो।
पूर्वप्रधानमन्त्री देउवाले यी घटनाक्रम संक्षेपमा आज चुनदेवी सम्पर्क कार्यालयमा सुनाएका थिए।
‘हाम्रो खिलापमा मुद्दा हाल्यो। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो। यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ देउवाले भने, ‘सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो। तैपनि बदमासी गर्यो।’
उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले पटक पटक आफूहरूमाथि अनुसन्धान गरेको बताएका थिए।
Ncell
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो। दोस्रो पटक आयो केही छैन भन्यो। उसलाई निकालिदियो। यतिसम्म बदमासीपूर्ण काम गरेको छ,’ देउवाले भने, ‘तर मलाई बदलाको भावना लिनु छैन।’
साथै देउवाले आफूलाई असजिलोमा पार्न पूर्वराजा ज्ञानेन्द्र शाहले त केही गर्न नसकेको भन्दै अरूले सक्छ भनेर प्रश्न गरेका थिए। आफूले जनतालाई मालिक ठानेकोले कसैले केही गर्न नसक्ने उनको भनाइ थियो।
‘यो देशमा जनता छ। यो देशमा अदालत छ। सबैले जानेबुझेको छ। राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ?,’ देउवाले प्रश्न गरे, ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र। मैले मात्रै चाहेर ल्याएको हो? संविधानसभाले ल्याएको हो गणतन्त्र। मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन। नेपाली जनता सबैभन्दा ठूलो हो। जनता मालिक हो। मालिकले जे भन्यो त्यही हुन्छ।’
साथै देउवालाई चुनदेवी कार्यालयमा नेपाली कांग्रेसको सभापतिका रूपमा बेग्लै कोठा उपलब्ध गराइएको नेताहरूले जनाएका छन्।
कोठाअघि ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको बोर्ड राखिएको छ।
सम्पर्क कार्यालय पुगेपछि देउवाले नेता कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गरे भने उनका लागि तय गरिएको कोठामा पनि बसेर नेताहरूसँग कुराकानी गरेका थिए।
देउवाका लागि तय गरिएको कोठाको बाहिर ‘शेरबहादुर देउवा सभापति’ लेखिएको छ भने कोठाभित्र टेबलमा पनि सोही बेहोरा उल्लेख गरिएको छ। यसअघि देउवाले विज्ञप्ति जारी गर्दा शेरबहादुर देउवा भनेर मात्रै निकाल्ने गरेका थिए।
सम्पर्क कार्यालयमा देउवा र राष्ट्रिय भेला आयोजक समिति संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाका लागि बेग्लाबेग्लै कक्ष छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएका थिएनन्। उनीहरूले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएका छन्।
शुक्रबारदेखि साउन ३१ गतेसम्म राष्ट्रिय भेला पनि आयोजना गरिएको छ।
सम्बन्धित खबर
बालेन नेतृत्वको रास्वपा सरकार लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ: कांग्रेस
प्रदेशमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित