पोखरा । पर्यटकीय क्षेत्र लेकसाइडका मसाज तथा स्पामा प्रशासनले अनुगमन सुरु गरेको छ । मसाज तथा स्पाले विकृति फैलाएको गुनासो आएपछि अनुगमन सुरु गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला अनुगमन समिति, कास्कीको अनुगमनमा लेकसाइडका ७ मसाज तथा स्पा सेन्टरमा अनुगमन गरिएका थियो । जसमा केही स्पा तथा मसाज सेन्टर आचारसंहिताविपरीत कार्य भएको र पर्याप्त सरसफाइ नभएको, केही मसाज सेन्टरमा काम गर्ने युवती अस्वभाविक ड्रेसमा रहेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्राङ्गत बरालले जानकारी दिए ।
‘मसाज तथा स्पा सेन्टरले मर्यादित रुपमा आफ्नो पेसा व्यवसाय सञ्चालन गर्न पाउँछन्, तर समाजलाई नै असर पर्ने गरी संचालन गर्न मिल्दैन,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने, ‘मसाज तथा स्पा सेन्टरबाट बाहिर निस्केर सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पर्यटकलाई बोलाउन थालेपछि विकृति फैलिएको हो ।’
लेकसाइड क्षेत्रमा मात्रै २ सय हाराहारीमा मसाज तथा स्पा सेन्टर रहेको जानकारी दिँदै बरालले नियमविपरीत संचालनमा आएका मसाज तथा स्पा सेन्टरको नियमन गर्ने र विकृति फैलाउनेलाई कानूनबमोजिम कारबाही गर्ने बताए ।
अधिकांश मसाज सेन्टरमा बालिकाहरुलाई काममा लगाउने गरेको पाइएको र बालिकाहरुले पनि आफ्नो उमेर बढाएर भन्ने गरेको, अधिकांशले न्यूनतम पारिश्रमिकसमेत नदिएको भेटिएको बरालले बताए ।
‘स्पा तथा मसाज सेन्टरका कोठामा चुकुल हटाउनुपर्ने हुन्छ, तर केही मसाज सेन्टरमा चुकुल रहेको पाइएको छ, त्यसले अमर्यादित कार्य हुने गरेको बुझिएको छ, त्यसतर्फ पनि प्रशासनको ध्यान गएको छ,’ उनले भने ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालयका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो ।
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन