स्याङ्जामा भएको जिप दुर्घटनाका दुई जना मृतकको पहिचान खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको बलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका–८ की करिब २५ वर्षीया सदिक्षा थापा मगर पचभैया र गल्याङ नगरपालिका–९ का करिब ६० वर्षीय यमबहादुर बिक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा १७ जना घाइते भएको डीएसपी अवस्थीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये १५ जनाको नगर अस्पताल गल्याङमा उपचार भइरहेको छ । जसमध्ये केही सामान्य अवस्था रहेकाहरू उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भई गल्याङ नगर अस्पतालमा उपचारका लागि ल्याइएकामध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् भने अन्य १० जना घाइतेको उपचार जारी रहेको छ ।
उपचारपछि घर फर्किनेमा गल्याङ नगरपालिका–८ बरादीकी १७ वर्षीया स्नेहा परियार, वडा नम्बर ९ तीनदोबाटोकी १५ वर्षीया सुप्रिया थापा, वडा नम्बर ९ साङ्लियाका १२ वर्षीय समीर विक, तीनदोबाटोकी २५ वर्षीया अरुणा गाहा र साङ्लियाकी २५ वर्षीया पार्वती विक रहेका छन् ।
त्यस्तै, जिप चालक गल्याङ नगरपालिका–९ का २९ वर्षीय दीपक विक, चितडाँडाकी ५६ वर्षीया बोमा खनाल, साङ्लियाकी १० वर्षीया सगुन विक, ६२ वर्षीय टोलबहादुर विक, तीनदोबाटोकी २१ वर्षीया असिसा पचभैया, ६२ वर्षीय मेघनाथ खनाल, गल्याङ नगरपालिका–११ की ५५ वर्षीया राधामाया राना, साङ्लियाकी २२ वर्षीया गंगा विश्वकर्मा, ५१ वर्षीया दुर्गा विक र ३२ वर्षीया यमकला खनालको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, गम्भीर घाइते रहेका दुई जनालाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गल्याङ नगरपालिका–९ साङ्लियाकी २७ वर्षीया बसन्ती विश्वकर्मा र सोही ठाउँकी ४८ वर्षीया देवी विकलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको हो ।
प्रहरीले जिप दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित