काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल बनायो । उक्त कार्यदलले प्रतिवेदन पनि तयार पारिसकेको थियो । तर, उक्त प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको हातमा परेपछि ओली क्रुद्ध बने । उक्त प्रतिवेदन बाहिरिएको छ ।
अन्तिम रूप दिन बाँकी रहेको प्रतिवेदन पार्टी अध्यक्ष ओलीले पुनर्लेखन गर्न निर्देशन दिएसँगै अलपत्र परेको छ । सातै प्रदेशका नेता कार्यकर्ताबाट सुझाव लिएर कार्यदलका सदस्य सचिव समेत रहेका पार्टी महासचिव शंकर पोखरेलले मस्यौदा प्रतिवेदन तयार पारेका थिए ।
उक्त मस्यौदा प्रतिवेदनमा नेतृत्वको हैसियतले पार्टी कमजोर बन्नुमा अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी लिनुपर्ने नेता कार्यकर्ताको सुझाव समेटिएको छ । उक्त सुझावलाई अध्यक्ष ओलीले नरुचाएपछि प्रतिवेदन पुनर्लेखन गर्न नेताहरूलाई भदौ ४ गते निर्देशन दिएका हुन्। ओलीको निर्देशनपछि उपाध्यक्ष तथा कार्यदल संयोजक बादल आफै प्रतिवेदन पुनर्लेखनमा जुटेका छन्।
कार्यदलमा थापासहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र सातै प्रदेश अध्यक्ष सदस्य रहेका छन्।
अव बादलले लेख्ने प्रतिवेदन यही प्रतिवेदनका आधारमा पुनर्लेखन गर्छन् वा अलग्गै तयार पार्छन् भन्ने एमाले कार्यदलकै सदस्यहरू अलमलमा परेका छन् । एमालेमा ओलीले अध्यक्ष पदबाट हटेर मार्ग प्रशस्त गर्नुपर्ने मत रहँदै आएको छ। तर ओली भने हट्ने नभई आफ्नै नेतृत्वमा सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने पक्षमा उभिँदै आएका छन्।
सम्बन्धित खबर
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै