सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन

राजनीति

सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन

Balen shah

भारतीय मिडिया इन्डिया टुडेका पत्रकार आनन्द सिंहले सोमबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को डाउनफल सुरु भएको समाचार बनाएका छन् । सरकार बनेको १५० दिनमै बालेन जेन–जीका नायकबाट खलनायक बन्ने बाटोमा गएको समाचारमा उल्लेख गरिएको छ ।

पत्रकार सिंहले पूर्व ‘भूमिगत र्‍यापर’, स्ट्रक्चरल इन्जिनियर र काठमाडौं महानगरका मेयरको रूपमा जुन ओझ बोकेर सत्तामा पुगेका थिए त्यो ओझ अहिले कायम नभएको लेखेका छन् । पूर्वप्रधाानमन्त्री ओलीलाई चुनाव हराएका तथा पुरानो राजनीतिक सत्ता भत्काउन नयाँ युवालाई राजनीतिमा तान्ने बालेन अहिले आफैँ राजनीतिक मोर्चामा कमजोर बन्दै गरेको गरेको समाचारमा भनिएको छ ।

समाचारमा बालेनको राजनीतिक असफलतामाका विभिन्न सात कारण दिइएको छ ।

१. नवयुवाको आन्दोलन 

जेन–जीको बलमा सत्तामा पुगेका हुन् बालेन । तर, गत असार–साउनमा तिनै जेन–जीले सडकमा ओर्लिएर बालेनको विरोध गरेको भन्दै समाचारमा जेन–जी मत बालेनले गुमाएको चर्चा गरिएको छ । गणेश नेपालीको आत्मदाहपछि त्यो देखिएको समाचारमा भनिएको छ ।

२. संसदसँग दूरी 

बालेन संसदबाट निर्वाचित प्रधानमन्त्री हुन् । तर, उनले संसद नै छलिरहेका छन् । संसदसँग दूरी कायम गर्नु उनको अर्को कमजोरी भएको समाचारमा लेखिएको छ ।

३. पाँच महिनामै संकट 

बालेन सरकार बनेको पाँच महिनामै उनको कार्याकालले समाधानभन्दा संकट धेरै ल्याएको समाचारमा भनिएको छ ।

४. भारतीय सीमावर्ति व्यापारमा कडाइ

भारतसँगको सीमावर्ती बजारमा हुने स्थानीयस्तरको किनमेलमा अवरोध गरेको तर पछि कदम फिर्ता गर्न बाध्य भएको बताइएको छ । भारतीय बजारमा निर्भर नेपालीलाई खाद्यान्नदेखि ओखतीमुलोमा समस्या बालेन सरकारले करको तर्क दिएर ल्याइदिएको समाचारमा भनिएको छ ।

५. राजदूतलाई एक्लै नभेट्ने र मन्त्री भन्दा सानोसँग नभेट्ने प्रोटोकल जिद्धिबाट व्याक 

समाचारमा भारतका विदेश सचिव नेपालमा आाउन खोज्दा मन्त्री भन्दा मुनिकोसँग नभेट्ने बालेनले अडान लिएको बताइएको छ । तर, पछि त्यही अडान सकिएर राजदूतसँग एक्लाएक्लै भेटेको बताइएको छ ।

त्यो अडान १० अगस्टमा अन्त्य भएको बताइएको छ । भारतीय र चिनियाँ राजदूतसँग एक्लाएक्लै भेटेर त्यो अडानको अन्त्य भएको भनिएको छ ।

६. हिन्दु–मुस्लिम द्वन्द्वको सम्बोधन 

सुनसरीमा भएको हिन्दु–मुस्लिम द्वन्द्वको कारण गुमनाम हुने बालेनले बाध्य भएर सम्बोधन गरेको समाचारमा भनिएको छ । त्यसले उनलाई आफूलाई राजनीतिको ‘आउटसाइडर’ राख्न चाहेको वृत्तबाट निकालेर भनिएको छ ।

७. पोखरामा भारतीय सेनामा भर्तीको पक्षमा प्रदर्शन 

समाचारमा भारतका सेनापति धिरज सेठ नेपाल आउँदा पोखरा पुगे । त्यहाँ प्रदर्शन भयो । प्रदर्शनको कारण नेपालीलाई भारतीय सेनामा भर्ती रोकिएको बारेमा थियो । त्यो प्रदर्शन पनि बालेनको असफलताको एक उदाहरणको संकेतका रूपमा समाचारमा चर्चा गरिएको छ ।

इन्डिया टुडेमा प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् । 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ