तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती

महाविपत्ति

तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती

बाढीबाट इतिहासकै सबैभन्दा ठूलो क्षति, हेर्दाहेर्दै नदी किनारका सबै संरचना लग्यो

rasuwa-badhi_syafrubesi

बुधबार बिहान तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीले रसुवाको टिमुरे बजारदेखि नुवाकोट, त्रिशुली बजार हुँदै धादिङमा नदी किनार क्षेत्रको कुनै पनि संरचना बाँकी राखेन ।

बुधबार बिहान पौने ९ बजेबाट नेपाल क्षेत्रमा बाढी आएको हो । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार बाढीले रसुवाका विभिन्न बजार र बस्तीसहित नुवाकोटका पनि विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले तुप्चे, ढुंगे, देवीघाट लगायतको क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको जानकारी दिए ।

‘बस्ती पूरै बगाएको छ, बैंक, पुल, बजार, बस्ती सबैमा क्षति पुगेको छ,’ उनले भने, ‘इतिहासमै यति धेरै क्षति भएको थिएन । क्षतिको विवरण तत्काल आउँदैन, तर यति भन्छु यो इतिहासकै सबैभन्दा ठूलो क्षति हो ।’

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर केहीलाई उद्धार गरिएको उनले बताए । उनले भने, ‘अझै धेरै जना बेपत्ता हुनुहुन्छ, उहाँहरूको खोजी भइरहेको छ ।’

धादिङ जिल्ला सदरमुकाम धादिङबेँसी जाने मलेखु-फुर्केखोला सडकखण्डमा रहेको पुल बाढीले बगाएको छ। बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।

पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ