प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे

रसुवा बाढीः

प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे

balen sunil

तस्बिरः रामहरि न्यौपाने

प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सडक मार्ग हुँदै नुवाकोटको विदुरतर्फ पुगेका छन्।

शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, प्रमुख सल्लाहकार कुमार बेन पनि सँगै प्रभावित क्षेत्रतर्फ पुगेका हुन् । उनीहरु बिहीबार बिहान ९:३० बजे बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक विदुरतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीको लगत्तै सरकारले उद्धार र राहतका लागि सरकारी संयन्त्रहरू परिचालन गरेको छ।

​भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने छ।

साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा राहत पुर्‍याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन  गर्न सकिने सबै आवश्यक काम गर्न पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ