भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि यातायात सञ्चालनमा आउन सकेका छैनन् । बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत विभिन्न क्षेत्रमा लेदो थुप्रिएपछि सडक अबरुद्ध भएको र अहिले उक्त लेदो हटाउने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।
उनका अनुसार नौबिसे हुँदै रसुवा तथा मुग्लिन–चितवनतर्फ जाने पृथ्वी राजमार्गको अवस्था प्रभावित भएकाले हाल सवारीसाधन रोकिएको छ । सडक सफा गरी यातायात सञ्चालनयोग्य भएपछि ट्राफिक प्रहरीले आधिकारिक सूचना जारी गर्ने उनले बताए ।
बाढीपछि थानकोट क्षेत्रमा रोकिएका यात्रुलाई भने काठमाडौं फर्काइएको छ । उनीहरू आफन्तको घरमा आफ्नै व्यवस्थापनमा बसेको सुवेदीले जानकारी दिए । बीच बाटोमा गएर जोखिममा पर्नुभन्दा सुरक्षित रूपमा काठमाडौंमै बस्ने व्यवस्था गरिएको उनले बताए ।
यातायात व्यवसायीसँग समेत प्रहरीले समन्वय गरिरहेको छ । सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर ट्राफिक प्रहरीको आधिकारिक सूचनाका आधारमा मात्रै सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीहरूले आफ्ना सदस्यलाई सर्कुलर गरेको सुवेदीले बताए ।
बीपी राजमार्ग सञ्चालनमा
वैकल्पिक मार्गका रूपमा बीपी राजमार्ग सञ्चालनमा रहेको छ । यस्तै, फर्पिङतर्फका सडकबाट साना सवारीसाधन सञ्चालन भइरहेका छन् । तर ती सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने तथा अनुमति र रुट परमिटको व्यवस्था पनि लागू हुने सुवेदीले बताए ।
फर्पिङतर्फबाट टाटा सुमोजस्ता साना सवारीसाधन भने सञ्चालन भइरहेको उनले जानकारी दिए । प्रहरीका अनुसार सडकको अवस्था निरन्तर अनुगमन भइरहेको छ र सम्बन्धित निकाय तथा यातायात व्यवसायीसँग समन्वय गरी सवारीसाधन सञ्चालनसम्बन्धी निर्णय गरिनेछ ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन